Rule 120
निवृत्तभरण वा उपदान नपाउने अवस्था
(१) देहायका अवस्थामा शिक्षकले निवृत्तभरण वा उपदान पाउने छैनः–
(क) अस्थायी पदमा नियुक्त भएमा,
(ख) भविष्यमा शैक्षिक नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गरिएमा,
(ग) विद्यालयको नोकरी पाउने वा सो नोकरीमा बहाल रहने उद्देश्यले शिक्षा सम्बन्धी योग्यता, तीन पुस्ते, उमेर, नाम, थर, वतन वा नागरिकता ढाँटेको प्रमाणित हुन आएमा ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसूर प्रमाणित हुनु अगावै खाईपाई सकेको रकम फिर्ता गर्नु पर्ने छैन ।